मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबिच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले भवनको उद्घाटन गरेका हुन् ।
ज्येष्ठ नागरिक मैत्री नगर निर्माणको लक्ष्य अनुसार भवन उद्घाटन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । केन्द्रको भवन निर्माणका लागि स्थानिय बलबहादुर तामाङले १ कठ्ठा जमिन दान गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा तामाङलाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
१ कठ्ठा जमिनमा बनेको सुबिधा युक्त भवनमा ज्येष्ठ नागरिकहरुका लागि प्रयोग गरिने उपमहानगरपालिकाले जनाएको छ ।