मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडुङेका सबै घरमा फलफुलको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधबारदेखि उक्त अभियान सुरु भएको हो ।
स्थानीय प्रभाकार पुडासैनीका अनुसार डाङडाङे क्षेत्रका सबै घरधुरीमा फलफुलको बिरुवा रोपिनेछ । बिरुवा रोप्नका लागि बिहीबार साँझ ४ बजे हरेक घरमा २–२ वटा फलफुलको बिरुवा वितरण गर्ने कार्यक्रम पनि आयोजना गरिएको पुडासैनीले जानकारी दिए ।
पुडासैनीका अनुसार त्यहाँका स्थानीयलाई एभोकाडो, किबी लगायतका फलफुलका बिरुवाहरु वितरण गरिनेछ । साथै थानाभर्याङबाट डाङडाङेतर्फ आउने बाटोको वरिपरि पनि गुलमोहर, ज्याकरन्दाजस्ता बोटबिरुवा रोप्ने अभियान समेत रहेको पुडासैनीले जानकारी दिएका छन् ।