मकवानपुर । हेटौँडामा आज डेंगु रोगविरुद्ध सचेतना अभियानको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।

सचेतना अभियानमा विभिन्न टोल विकास समितिका सदस्यहरु, सामुदायिक प्रहरी तथा स्थानीयहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको समितिका अध्यक्ष यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

अभियानका क्रममा लामखुट्टेको लार्भा तथा लामखुट्टे खोजेर नष्ट गरिनुका साथै लामखुट्टेका सम्भावित वासस्थानहरुलाई नष्ट गरिएको थियो । शनिबार बिहान हेटौँडा ११ बुद्धपार्कमा जम्मा भई सरसफाईमा जुटेको टोलीले थानाभर्याङ टोल विकास संस्था र तल्लो थानाभर्याङ टोल विकास संस्थाका क्षेत्रहरुका सरसफाई सहित सचेतना अभियान गरेका थिए ।

देशैभर डेंगुको प्रकोप बढ्दो क्रममा रहेकोमा मकवानपुरको हेटौँडामा पनि उच्च जोखिममा रहेको छ ।