मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेटस्थित निलकण्ठेश्वर महादेव मन्दिरमा शुक्रबारबाट श्रीकृष्ण लिला प्रवचन एवं झुला कार्यक्रम जारी रहेको छ । मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा ४ दिने श्रीकृष्ण लिला प्रवचन एवं झुला कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रवचन एवं झुला कार्यक्रमको पानसमा बत्ती बालेर उद्घाटन गर्दै नेता बानियाँले श्रीकृष्णको लिला उत्कृष्ट रहेको बताउँदै भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो । नेता बानियाँले नेपाल भूमिमा श्रीकृष्ण लिला प्रवचन र झुलाको धार्मिक र सांस्कृतिक परम्पराको एक उत्कृष्ट नमुना रहेको बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले धर्म र संस्कृतिको सम्बद्र्धनमा र प्रवद्र्धनमा आफू सदैव लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा हेटौंडा ६ का कार्यबाहक वडाअध्यक्ष विजय पौडेल, पूर्व वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, विकास समितिका सदस्य सरदकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियोे । भदौं १० गते श्रीकृष्णअष्टमीसम्म चारदिन संचालन हुने श्रीकृष्ण लिला प्रवचन र झुलाको पण्डित बासुदेव आचार्यले प्रवचन दिँदैछन् ।












