मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । भोर्लेमा अवस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध रहि गुन्द्रुक उत्पादनकालागि सामुहिक साग खेती गर्ने ११ जना महिलालाई सस्थाको १० औं वार्षिक साधारण सभामा सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उनीहरुलाई रातो गलबन्दी ओढाएर सम्मान गनुृभएको हो । सहकारीले उत्पादन गरेको गुन्द्रुक हेटौंडा बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टमा खपत हुने गरेको छ ।

सामुहिक साग खेती गरी उत्पादित गुन्द्रुकको माग बाह्य जिल्लाबाट पनि भइरहेको सहकारीले जनाएको छ ।