मकवानपुर । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा श्रीराम खतिवडा चयन हुनुभएको छ । मंगलबार सम्पन्न ११ औं अधिवेशनबाट सर्वसम्मत नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा रमेश प्रसाद खतिवडा र दिपकलाल खतिवडा, सचिवमा हरि वाग्ले, कोषाध्यक्षमा घनश्याम नेपाल र सहसचिवमा गुरु प्रसाद ढकाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा पुरुषोत्तम सिलवाल, पुरुषोत्तम ढकाल, रामप्रसाद तिमल्सिना र लक्ष्मण गिरी चयन हुनुभएको छ ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा केदार प्रसाद चौलागाई चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । हेटौंडा–८, राजपानीस्थित निजानन्द धाम पार्कमा समितिका अध्यक्ष केदार प्रसाद चौलागाईको अध्यक्षता तथा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष रामकृष्ण तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
अधिवेशनमा मकवानपुर जिल्लामा रहेका ७ वटा मन्दिरमा रहेको इकाई समितिका प्रतिनिधि सहभागी भएका थिए ।