मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ श्री कृष्ण मन्दिरको प्राङ्गणमा बुधबारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मकरीमा सप्ताह ज्ञानमहायज्ञ समितिको संयोजक भोलानारायण तिमलसीनाको सभाध्यक्षता एवं मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो ।
मोर्डन युथ क्लबको आयोजना तथा श्री कृष्ण मन्दिर समितिको सहआयोजनामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कथा वाचक पण्डित कपिलदेव भट्ट, उपवाचक पण्डित डेगनाथ ढकालका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
महायज्ञ २६ गते सम्म संचालन हुने र महायज्ञमा उठेको रकमबाट श्रीकृष्ण मन्दिरको विस्तार, व्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको महायज्ञ आयोजक कमिटीले जानकारी दिएको छ ।












