मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडाहरुमा नमूना कृषि उत्पादनको अनुगमन गरिएको छ । युएनडिपि र विश्व वातावरण कोषको आर्थिक सहयोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २,३ र ४ का किसानहरुको जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नमुना उत्पादनको अनुगमन गरिएको हो ।

अनुगमनमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहितको टोली सहभागी भएको थियो । कार्यक्रमले उदेश्य अनुरुप सफलता हासिल गरेको र धेरै हदसम्म किसानहरुको आर्थिक जिवनमा सुधार आएको उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिएकी छिन् ।

युएनडिपी र विश्व वातावरण कोषको आर्थिक सहयोगमा मकवानपुरगढीका ३ वडाहरुमा जुलाई २०२३ देखि डिसेम्बर २०२४ सम्मका लागि नमूना उत्पादन सुरु गरिएको हो । परियोजनाबाट ५ सय १० घरपरिवार लाभान्वित हुने बताइएको छ ।