मकवानपुर । जनप्रिय मा.वि. (प्राविधिक शिक्षालय) को सहकार्यमा हेटौडा उपमहानगरपालिका ६ मा रहको श्री सिद्धस्थली रूरल कम्युनिटी हस्पिटल र श्री कृष्ण प्रणामी युवा परिषद मूल मिलावा धाम प्रा स को समन्वयमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । जनप्रिय मा.वि. (प्राविधिक शिक्षालय) मा भएको नि शुल्क दन्त परिक्षण तथा परामर्श शिविरमा कक्षा १ देखी १० सम्मको विद्यार्थीले सेवा लिएका थिए ।

सेवा लिएका विद्यार्थीहरुमध्ये १ सय ९० जना विद्यार्थीलाई थप परामर्शको लागी अस्पताल बोलाईएको छ। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अधक्ष राम कृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मूल मिलवा धाम प्रा.स.का उपाध्यक्ष रमेश प्रसाद वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिद्धस्थली रूरल कम्युनिटी हस्पिटल संचालक गोमा गौतम, जनप्रिय मा.वि. (प्राविधिक शिक्षालय) का अध्यक्ष मोहन प्रसाद बस्ताकोटि,जनप्रिय मावि (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक भूपेन्द्र चौलाईगाईको लगायतको आतिथ्यता रहेको थियो ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मूल मिलवा धाम प्रा.स.का कोषाध्यक्ष मोहन खतिवडाले कार्यक्रमको संयोजन गरेका थिए ।