मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुधबार हेटौंडामा सम्मान गरिएको छ । नव नियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले मन्तव्य राख्नुहुँदै उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारी सिर्जना गर्न सानादेखि ठूला उद्योगहरु महत्वपूर्ण रहने बताउनुहुँदै लगानीकर्तालाई सुरक्षा र सुविधा महशुस गराइ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उद्योग दर्ता तथा अन्य नियमहरु सरकारले सहज गर्नुपर्ने, कागजमा मात्र उद्योग हुने अवस्थालाई निरुत्साहित गर्दै उद्योग क्षेत्रका झमेलाहरु न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । उद्योग चल्दा मात्र रोजगारी रहने र सरकार करबाट चल्ने भएकाले लगानी भएका उद्योगहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । साथै उद्योग क्षेत्रले योगदान गरेको करको दश प्रतिशत उद्योग क्ष्ँेत्रको विकासमा राज्यले लगानी गर्नुपर्ने उहाँको धारणा रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, मउवासंघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु, बस्तुगत संघका प्रतिनिधिहरुलगायतका उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो ।