मकवानपुर । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही केही घण्टामै भरिन लागेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि मात्रै सूचना जारी गर्दै नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) भरिन लागेको जनाएको हो ।
कार्यालयका अनुसार बाँधको सुरक्षालाई समेत मध्येनजर गर्दै ड्यामको ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ । कार्यालयले कुलेखानीदेखि तल सिस्नेरी हुँदै बागमती नदि किनारका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकोले उक्त टटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरु एवम् स्वयमसेवकहरुलाई समेत हाइ अलर्टमा बस्न कार्यालयले आग्रह गरेको छ । साथै सम्बन्धित पालिकाका स्थानीय विपद व्यवस्थापन समितिहरुले समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न कार्यालयले आग्रह गरेको छ ।
यता कुलेखानी पावरहाउसले कुलेखानी भरिन ३.२७ मिटर बाँकी रहेको जानकारी दिएको छ ।