मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का दुई मतदान स्थलमा वडा अध्यक्ष पदका लागि धमाधम मतदान भइरहेको छ । यसैबिच हेटौंडा १२ भोर्लेस्ति विष्णुज्योति आधारभुत विद्यालयमा बिहान ७ः १५ बजेबाट मतदान सुरु भएको छ । उक्त मतदान स्थलमा पहिलो मतदान नेकपा एमालेकी प्रतिनिधि आरति ढुङ्गानाले गर्नुभएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पनि मतदान गर्नुभएको छ ।

मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ः१५ बजेबाट मतदान भइरहेको छ । भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान कार्य ५ बजेसम्मलाई तोकिएको छ भने मत गणना हेटौंडा २ मा रहेको सिदार्थ माबि मा हुने निर्वाचित आयो कार्यालयले बताएको छ। बिहान १० बजे सम्ममा भोर्लेमा ३८५ पुरुष र ३१३ महिला जम्मा ६९८ ले मतदान गरेका छन् ।