मकवानपुर । थाहान्यूज डटकम प्रकाशन सुभारम्भ भएको छ । अनलाइनको प्रकाशक संस्था थाहा सञ्चार प्रा.लि.हो । बागमती प्रदेशको राजधानी हेटौंडामा थाहान्यूजको कार्यालय रहेको छ । अनलाइनको सम्पादकमा सन्दीप कुमार सापकोटा रहेका छन् ।
अनलाइनका सम्पादक सापकोटाले नागरिकको थाहा पाउने अधिकारलाई संरक्षण तथा सम्मान गर्नका लागि आफ्नो टिम सदैव क्रियाशील रहने बताए । पछिल्लो समय विकसित हुँदै आएको सूचना प्रविधीलाई आत्मसात् गर्दै अनलाइन पत्रिका अघि बढ्ने उनले बताए ।