
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा बालमैत्री स्थानीय साषण युक्त वडा घोषणा हुने भएको छ । बालमैत्री वडा हुन ५१ वटा सुचाङ्क पालना गरेको हुनुपर्नेमा प्राय सबै सुचाङ्क वडाले पार गरेको वडाध्यक्ष सबिन न्यौपानेले बताए ।
वडामा भएको सीएफयल्जीका सूचकको अन्तिम अवस्था मापन स्थितिपत्र तयारी तथा घोषणा पश्चात् पन्चववर्षिय रणनीतिक योजना निर्माण कार्यशालामा बालमैत्री वडा घोषणा गर्नसकिने बताइएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी महाशाखा प्रमुख मन्दिरा थापा, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य मनु दाहाल, रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
बालमत्री वडा घोषणा कार्यक्रम हेटौंडा १ नकौलीमा माघ ११ गते गरिने भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । अहिले सम्म ११ वटा वडा बालमैत्री वडा घोषणा भएको नगर सहजकर्ता ढुङ्गानाले जानकारी दिइन ।