मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार रानाभाटले निकटतम प्रतिद्वन्दी अनिल अग्रवाललाई २९९ मतान्तरले पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।

रानाभाटले १०१४ मत र अग्रवालले ७१५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दिपक उप्रेती, एशोशिएटतर्फ उज्जवल चौलागाई र वस्तुगततर्फ काब्यमणि अधिकारी विजयी भएका छन् ।

त्यस्तै महासचिवमा १०१२ मतसहित प्रतिमा श्रेष्ठ विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्दी विकेशलाल श्रेष्ठ (७१३ मत) लाई पराजित गरकी हुन् । संचारकर्मी बालकृण दाहालका अनुसार कोषाध्यक्षतर्फ भने ९१७ मतसहित तजराज अधिकारी विजयी भएका छन् । अधिकारीले निकटतम प्रतिद्वन्दी श्रीकृष्ण कर्माचार्य( ८०१ मत) लाई पराजित गरेका थिए ।

त्यस्तै सह-कोषाध्यक्षतर्फ ९१६ मतसहित निलम वैद्य विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्दीहरु राधिका सामरी पाण्डे (७८९ मत) लाई पराजित गरेकी हुन् ।

साथै सचिवमा कुलप्रसाद चौँलागाई विजयी भएका छन् ।