
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटसहित नयाँ कार्यसमितिले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन्।
४ वर्षीय कार्यकालमा संघका यी पदाधिकारीहरुले मकवानपुरका व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धत्ता समेत व्यक्त गरेका छन् । सोमबार अध्यक्ष प्रमोदसिंह रानाभाट सहित उपाध्यक्षहरु दीपक उप्रेती, उज्वल चौलागाईं, राजु अधिकारी, काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी र सह–कोषाध्यक्ष निलम वैद्यले सपथ ग्रहण गरेका थिए ।
त्यस्तै उद्योगतर्फका सचिव रुपकराज दहाल, एशोसियटतर्फका सचिव माधव ज्ञवाली, वाणिज्यतर्फका सचिव कुलप्रसाद चौलागाईं, वस्तुगततर्फका सचिव राजाराम कार्की र नेत्रप्रसाद खतिवडासहितका अन्य सदस्यहरुले पनि िसपथ ग्रहण गरेका छन् ।