
मकवानपुर । हेटौँडा उपमहानगरपालिका १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। हेटौंडा १ को नकौलीमा गरिएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरेकी हुन् ।
हेटौंडा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेको सभाअध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख मीनाकुमारी लामाले नगरले बालबालिकाकाको क्षेत्रमा खेल्नु पर्ने भुमिकामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा जनप्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।