
मकवानपुर । हेटौंडामा इभि एक्सचेञ्ज मेला तथा फ्रि चेकअप क्याम्प सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको ईभी कार्स एण्ड मोटर्स हब प्रा.लि.ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग इभि एक्सचेञ्ज सुरु गरेको हो ।
एक्सचेञ्ज मेलामा पुरानो, जस्तोसुकै गाडी साट्न आउँदा न्युनतम ३ लाख रकम मुल्यांकन गरिने र गाडीको कण्डिसन अनुसार थप रकम प्रदान गरिने शोरुमले जनाएको छ ।
यो अफर माघ मसान्तसम्म चल्ने कम्पनीका संचालक युवराज आचार्यले जानकारी दिए । शोरुमले बिना धितो सहज बैंकिङ सुबिधासहित गाडी एक्सचेञ्ज गरिरहेको जनाएको छ । गाडी एक्सचेञ्ज गर्न आउने ग्राहकलाई एक वर्षको निःशुल्क ईन्स्योरेन्श, निःशुल्क ३ किलोवाट र ७ किलोवाटको चार्जर, ४३ ईञ्चको टिभी पनि सित्तैमा दिईने संचालक आचार्यले बताए ।
त्यस्तै शोरुमले फ्रि चेकअप क्याम्पमा गियर आयलमा ५ प्रतिशत छुट, कुलेन्टमा २० प्रतिशत र ब्रेक आयलमा १३ प्रतिशत छुटको व्यवस्था गरेको छ ।पछिल्लो समय हेटौँडामा ईलेक्ट्रिक गाडीको माग अत्यधिक बढेको र एक्सचेञ्ज मेलामा सार्वजनिक गाडी र निजि कार साट्नेको संख्या बढेको संचालक आचार्यले बताए ।