मकवानपुर । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएकी छिन् । शनिबार भएको ९ औं अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएकी हुन् ।

समितिको उपाध्यक्षमा शिवप्रसाद चौलागाई र प्रतिक्षा न्यौपाने, सचिवमा नविन तिमल्सिना, कोषाध्यक्षमा अशोक बजगाई, सहसचिवमा मनील महतो र सुमन दाहाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा सञ्जिव सुनार, निशा गुरुङ, सरोज पौडेल,रामकुमार दानी, स्मीता अर्जेल र सुरेश गुरुङ निर्विरोध चयन भएका छन् । शनिबार सहमती नजुटे पछि आइतबार दिउँसो दाहालको नेतृत्वमा नयाँ समिति बनेको हो ।