मकवानपुर । मकवानपुरको मनहरी गाउँ पालिका ६ नम्बर वडा लोथरस्थित राष्ट्रिय आधारभूत विद्यालय र सोही वडाको हाङ्ग्लाङ स्थित प्रजा विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरिएको छ
राष्ट्रिय आधारभूतका ७६ र प्रजा विकासका ३० गरि १०६ जना ( विपन्न परिवारका ) बिधार्थीहरुलाइ बिध्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक तथा समाजसेवी कमल चन्द्र सुमनले जानकारी दिए ।
पोशाक तथा शैक्षिक सामाग्री द सन अफ लाइटका टीम मेम्बरहरुको आर्थिक सहयोगमा ब्यवस्था गरिएको हो । कार्यक्रममा टीम मेम्बर सुभाष रत्न शाक्य , अमृत बज्र लामा , यज्ञरत्न शाक्य , कमल चन्द्र सुमन , हिमा बिडारी लगायतको आतिथ्यता रहेको थियो ।












