मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगती माविमा छात्रवृत्ति वितरण तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइरालाको अध्यक्षता तथा हेटौंडा ९ नम्बर वडाका वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा प्रगति माविबाट कक्षा १० को एसईई परिक्षामा सहभागी भै प्रगति माविमा नै कक्षा ११ अध्ययन गर्ने २८ जना विद्यार्थीहरुलाई १ लाख ८० हजार ७ सय ८० बराबरको रकम बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । साथै वडा कार्यालयको तर्फबाट प्रगति माविलाई २० थान सिलिङ फाइन समेत सहयोग गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुकराम केसी वडा सदस्य विष्णु राना मगर, कमला पौडेलले संयुक्त रुपमा विद्यालयलाई फाईन हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा यस वर्षको एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई फेरि भेटौँला कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुकराम केसीले ९ नम्बर वडा भौतिक पुर्वाधारमा मात्र नभै शैक्षिक केन्द्रको रुपमा समेत वडालाई चिनाउन अघि बढेको बताउनुभयो । साथै आगामी दिनमा पनि यस छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा विद्यालय का प्रधानाध्यापक किशोर पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार गौतम, वडा सदस्य कमला पौडेल लगायतले मतव्य राख्नुका साथै एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस वर्षको एसईई परिक्षामा प्रगति माविबाट ११९ जना विद्यार्थी सहभागी छन्। प्रगति मावि गत शैक्षिक सत्रको एसईई परिक्षामा जिल्ला प्रथम हुन सफल विद्यालय समेत हो ।