मकवानपुर । नेकपा (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद संगठन नेपाल (समाजवादी) मकवानपुरको आज शनिबार बैठक भएको छ ।
बैठकमा विभिन्न पार्टी परित्याग गरी पाँच जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा सैया दिन मिया, सैयलम अन्सारी, बहादुर मिया, जिखुल्ला अन्सारी लगायत पाँच जना रहेका छन् ।
एकीकृत समाजवादीमा प्रवेश गरेका सैया दिन मियालाई इत्तेहाद संगठन मकवानपुर जिल्ला कमिटीको उपाध्यक्षको जिम्मेवारी दिइएको एकीकृत समाजवादी, हेटौंडा नगरकमिटी सचिव सफल अधिकारीले जानकारी दिए ।
बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय महासचिव तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगरको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, एकीकृत समाजवादी मकवानपुर इन्चार्ज तथा अनेमसंघ (समाजवादी) का केन्द्रीय उपाध्यक्ष मुनु सिग्देल, पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहाल, उपसचिव कविन पन्त, पार्टी जिल्ला सदस्य तथा मुस्लिम इत्तेहाद महासंघ नेपाल (समाजवादी) को केन्द्रीय सचिव अली हुसेन लगायतको आतिथ्यता रहेको थियो ।












