मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १३ किलो लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्राप्त जानकारीअनुसार, २०८२ साल जेठ ५ गते साँझ ७:१५ बजे जम्बुडांडाबाट लेवटतर्फ आउँदै गरेको ना. ६३ प २५६१ नम्बरको स्कुटरमा गाँजा ल्याइँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–३, लेवटस्थित भित्री सडकखण्डमा उक्त स्कुटरलाई रोकेको थियो।

स्कुटर चालक, ऐ.ऐ. बस्ने ४३ वर्षीय प्रताप सिंह मोक्तानको खानतलासी गर्दा स्कुटरको अगाडि खुट्टा राख्ने स्थानमा रहेको जेब्रा झोलामा लुकाइ राखिएको १३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषध गाँजासहित स्कुटर पनि बरामद गरेको छ। मोक्तानलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।