मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित हात्तिलेट टोल विकास संस्थाले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विश्व वातावरण दिवसको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

हेटौँडा–६ स्थित निलकण्ठेश्वर मन्दिर परिसरबाट सुरु भएको सरसफाई कार्यक्रममा टोलवासीहरुसँगै ले सहभागिता जनाएका थिए ।

सरसफाई कार्यक्रममा हेटौँडा उपमानगरापलिका वडा नम्बर ६ का वडाअध्यक्ष विण्णु दाहाल, सहयोगी मन नेपालका अध्यक्ष केदार चौँलागाई लगायतको पनि उपस्थिति रहेको टोल विकास संस्थाका अध्यक्ष बलभद्र खतिवडाले जानकारी दिनुभयो ।

६ नम्बर वडामा रहेका टोल विकास संस्थाहरुमध्ये सक्रिय रहेको हात्तिलेट टोल विकास संस्थामा १०० घरधुरी आवद्ध छन् । संस्थाले वडामा हुने हरेक सामाजिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरेको संस्थाका अध्यक्ष खतिवडाले बताउनुभयो ।