
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ लिपि (तामयिक( प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आज देखि सुरु भएको प्रशिक्षण ३ दिनसम्म चल्नेछ ।
प्रशिक्षणको समापन यही जेठ ३० गते हुने तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानले जानकारी दिए । तालिममा हेटौँडा सहित मकवानपुरका विभिन्न संचारगृहमा आवद्ध तामाङ पत्रकारहरुको सहभागिता रहेको छ ।