हेटौंडा । लामो समयदेखी सामाजिक सेवामा सक्रिय रहेको सामाजिक संस्था सह‌योगी मन नेपालले स्वास्थ्य उपकरण सहयोग गरेको छ । हेटौंडा- ६ हात्तीलेट रामनगर भुलभुले टोलमा हातीलेट टोल (माथिल्लो) संस्थाका सल्लाकार शिव खनाललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।

उच्च रक्तचाप मधुमेह मुटुको रोग हृद‌यघातका विमारी छन् भने उनीहरुको लागी उपयोगी हुने भएकोले शरीरमा रक्तचापको अवस्था नाप्नको लागी मेडिकलमै जान नपरोस भन्ने उद्देश्यले मान्युअल ब्लडप्रेसर मोनिटर सह‌योग गरिएको संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईले बताए ।

हेटौंडा-६ का वडा सदस्य लेखराज ढकाल, सदस्य सरिता सापकोटा लगायतका सहभागितामा भुलभुले टोलका -दिपक दुलाल, रामनगरको स्वास्थ्य सेविका शोभा श्रेष्ठ लगायतको सहभागिता थियो।