हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्।

कान्छी माया थोकरसँगको युगल स्वरमा प्रस्तुत गरिएको गीतमा प्रेमिल भावना र तामाङ लोकशैलीको आकर्षक संयोजन गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका हुन् भने संगीत संयोजन चेतन लामाको रहेको छ।

जोगलाल लामाले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका हुन्। यस गीतको रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो।

गायक लामाले यसअघि सार्वजनिक गरेका गीतहरूबाट पनि स्रोतामाझ राम्रो चर्चा बटुलिसकेका छन्। नयाँ गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा स्रोताहरूको सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

गायक जनक लामाले ‘म्हारला व्यापारी’ गीतलाई आफ्नो सांगीतिक यात्राको अर्को महत्वपूर्ण पाइलाका रूपमा लिएका छन्। उनी मकवानपुरको बकैया गाउँपालिका–७ निवासी हुन्। हेर्नुहोस् भिडियो–