हेटौँडा । मकवानपुरको हेटौँडाबाट ‘विशेष पोष्ट डटकम’ नामक नयाँ अनलाईन समाचार पोर्टलको सुरुवात भएको छ । आज एक समारोहकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले अनलाईनको उद्घाटन गरेका हुन् ।

३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रममा अनलाईन समाचार पोर्टलको उद्घाटन गरिएको हो । अनलाईन समाचार पोर्टलकी सम्पादक निशा मुक्तान रहेकी छिन् ।

विशेष मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित अनलाईनले हरेक समाचार सामग्रीहरुलाई विशेष पोष्टका रुपमा प्रस्तुत गर्ने संचालक सन्देश थिङले जानकारी दिए । अनलाईन समाचार पोर्टलमा प्रकाशित सामग्री विश्वका जुनसुकै कुनाबाट https://bisheshpost.com/ लग अन गरी हेर्न सकिनेछ । साथै फेसबुक, युट्युब, टिकटक जस्ता समाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा समेत विशेष पोष्टको समाचार सामग्री हेर्न सकिने थिङले बताए ।