हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको महान पर्व न्वागी (छोनाम)–२०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले चेपाङ समुदायको संस्कृति राष्ट्रिय संस्कृतिको अविभाज्य अङ्ग रहेको उल्लेख गरे।

उनले न्वागी पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

यस अवसरमा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।