हेटौँडा । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग पूरा नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ ।
यता विशेष महाधिवेशन पक्षले गगन थापालाई सभापतिमा चयन गर्ने प्रक्रिया अघि बढाएको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने अडानसहित विशेष महाधिवेशनको माग हुँदै आए पनि सहमति नजुट्दा पार्टी फुटेको हो ।
कारबाहीपछि प्रतिक्रिया दिँदै गगन थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन् । पार्टीलाई विभाजनबाट जोगाउन वार्ताका प्रयास भए पनि दुवै पक्ष अडानमै अडिग रहँदा कांग्रेस विभाजनमा पुगेको हो ।












