मकवानपुर, ९ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६, जुरिखेतमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा १ जना महिलाको मृत्यू भएको छ ।
दुर्घटनामा परी काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–२७, महाबौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार साँझ ७ बजेर २० मिनेटमा मृत्यु भएको हो । थापाका श्रीमान स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाईते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
थापा दम्पत्ति सवार बा प्र ०२–०२७ प ४८४२ नम्बरको स्कुटर काठमाडौंबाट हेटौँडातर्फ आउँदै गर्ने क्रममा बुधबार साँझ ५ बजेर ४० मिनेटको समयमा जुरिखेतमा दुर्घटना भएको थियो । स्कुटर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।












