काठमाडौँ, ९ कात्तिक । बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव ईजरायलबाट नेपालमा ल्याईएको छ । ईजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये गणेशकुमारको शक आज नेपालमा लाईएको हो ।

गत असोज २० गते ईजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ । पछिल्लो पटक गणेशकुमारको शब फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे ल्याइएको हो ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।