जनकपुर, ९ कात्तिक । बिहीबार बिहान जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलास्थित धान खेतमा उनको शव फेला परेको हो ।

युवक अन्दाजी २५ वर्षको भएको प्रहरीको भनाइ छ । उनको अहिलेसम्म पहिचान खुलेको छैन । प्रहरीका अनुसार घटनाको भएको स्थल र स्थलगत अवलोकनका क्रममा उनको हत्या भएको हुनसक्छ । यस सम्बन्ध थप अनुसन्धान भइरहेको छ ।