हेटौँडा । गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाको २६औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ।

हेटौँडा-६, हात्तीलेटस्थित संस्थाको आफ्नै भवनमा भएको उक्त कार्यक्रम हेटौँडा ६ नम्बर वडाका वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष श्रीराम खतिवडा, संस्थाका संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव कृष्णप्रसाद दुलाल र सल्लाहकार नकुल प्याकुरेलले स्वागत मन्तव्य राख्नुभएको थियो।