हेटौँडा, ९ कात्तिक ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा बिहीबार बिहान क्रेन दुर्घटना हुँदा क्रेनका सहचालकको मृत्यू भएको छ ।

बिहीबार बिहान पौने ६ बजे पूर्व पश्चिम सडक खण्डको रातोमाटेमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भइ सडकको छेउमा पल्टिँदा बाराको विश्रामपुर बस्ने १८ वर्षका सहचालक विपीन महतोको ज्यान गएको हो ।

क्रेनले च्यापिएर घाइते भएका महतोलाई स्थानीय बासिन्दाको सहयोगमा उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । दुर्घटनामा पर्साको वीरगञ्ज–३० लालपर्साका ३० वर्षका चालक दशरथ पासवान सामान्य घाइते भएका छन् ।