हेटौँडा, ९ कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सीडाँडामा अटो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । दुम्सीडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्वरको अटो दुम्सी डाँडास्थित कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
उक्त अटो आफैं अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेको हो । दुर्घटनामा परी मकवानपुरगढी–७, सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, उनकी २ महिनाकी छोरी जानुका जिम्बा, २९ वर्षीय कृष्णबहादुर योञ्जन, उनको छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वर्षीया दिलमाया योञ्जन, २२ वर्षीया हिरामाया योञ्जन र २२ वर्षीय विकाश योञ्जन रहेका छन् ।
घाइतेमध्ये मनिता र उनकी दुई महिने छोरीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।












