मकवानपुर, ११ कात्तिक । शनिबार राति लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालका सबै ठाउँबाट हेर्न सकिने भएको छ । बीपी कोईराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार नेपालका सबै भुभागबाट ग्रहण हेर्न सकिनेछ ।
चन्द्रग्रहण शनिबार राति १ बजेर २० मिनेटबाट लाग्नेछ । यसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्ने जनाइएको छ । राति २ बजेर ३८ मिनेटमा ग्रहण सकिनेछ । नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट ग्रहण देखिनेछ । खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।












