मकवानपुर, ११ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरियन टोलीद्वारा भूमिगत ढल व्यवस्थापनको अध्ययन गरिएको छ । हेटौँडा उपमहानगर प्रमुख मिना कुमारी लामा र वातावरण निगम ईञ्छन (ईसिओ–आई) कोरियाका सिईओ बिच कोरियामा भएको भेट अनुसार उपमहानगरपालिकाको भूमिगत ढल व्यवस्थापन एवम् फोहोर पानी प्रशोधन केन्द्रहरुको अध्ययन गर्न एक टोली ३ दिनदेखि हेटौँडामा खटिएका हुन् ।

टोलीले भुमिगत ढल व्यवस्थापन एवम् फोहर पानी प्रशोधन केन्द्रहरुको अध्ययन पश्चात शुक्रबार ईसिओ–आई को टोली ह्वाङ सिवन र नगर प्रमुख मिना कुमारी लामाबिच थप सहयोग गर्ने सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

सम्झौता अनुसार ईसिओ–आईले हेटौँडा उपमहानगरपालिकाको भुमिगत ढल व्यवस्थापन एवम् फोहर पानी प्रशोधन केन्द्रहरुको उचित व्यवस्थापन र क्षमता विस्तारको लागि विस्तृत अध्ययनका लागि गर्न थप प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उपमहानगर प्रमुख लामा केही साता अघि कोरिया भ्रमण्मा पुगेकी थिईन् ।