मकवानपुर, १२ कात्तिक । नेपालमा सुनचाँदीको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य १ लाख १६ हजार ४५० र चाँदीको मूल्य १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको छ । चाडबाडको समयमा कात्तिक महिना लागेदेखि नै सुनको मूल्य आकाशिएको हो । महासंघका अनुसार अहिले दैनिकजसो सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा छ ।












