कैलाली, १२ कात्तिक । कैलालीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ४५ वर्षीय बुवा हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको थियो । सूचना पश्चात ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ












