मकवानपुर, १३ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिकामा ७० वर्षीय एक वृद्धको भिरबाट लडेर मृत्यू भएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ३ बेसारघारीका वृद्ध गणेशबहादुर स्याङ्तानको भिरबाट लडेर ज्यान गएको हो ।

आईतबार घर नजिकैको जंगलमा घाँस काट्न गएका स्याङ्तान भिरबाट लडेका थिए । दिउँसो साढे २ बजेको समयमा घरदेखी अन्दाजी १.५ किलोमिटर पश्चिमतर्फ रहेको भिरमा घाँस काट्न जाँदा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।