मकवानपुर, १४ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा एक जना पक्राउ परेका छन् ।
करिब ३ केजी गाँजा सहित राक्सिराङ गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ७७८१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवारभएका उनलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ शान्ती टोल बस्ने ४७ वर्षिय ऋषिराम कँडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।












