मकवानपुर, १४ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ निवासी टेकबहादुर प्रजा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गएको सात दिनदेखि बेपत्ता भएका प्रजा स्थानीय कागबेली सामुदायिक वनमा खिरिलोको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्था मृत फेला परेका हुन् ।
गत कात्तिक ७ गते आफुखुशी घरबाट निस्किएका ३० वर्षीय प्रजा सोही दिनदेखि बेपत्ता भएका थिए । मृतक प्रजाको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












