मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौँडाबाट फारबारीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।
हेटौँडा बजारबाट फापरबारीतर्फ जाँदै गर्दा बकैया गाउँपालिका वडा नम्बर ५ तिनतलेमा मंगलबार दिउँसो बा.प्र. ०३–००१ क ०७९२ नम्बरको पानी लोड गरिएको मिनीट्रक आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा परी मिनीट्रकका चालक बकैया गाउँपालिका वडा नम्बर ७ हर्दा बस्ने २६ बर्षीय युवराज सापकोटा र सहचालक बकैया गाउँपालिका वडा नम्बर ६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा घाइते भएका छन् ।
सापकोटाको टाउकोमा मध्यम र लामाको टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको छ । घाइते सापकोटाको हेटौंडा अस्पताल र लामाको चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












