मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा मंगलबार सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ । महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ को आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहकारीलाई कसरी अगाडि बढाउने र त्यसमा शेयर सदस्यहरुले खेल्नुपर्ने भूमिकाका विषयमा शेयर सदस्यहरुसँग सल्लाह–सुझाव संकलन गरिएको संस्थाकी व्यवस्थापक फुलमाया मुक्तानले जानकारी दिइन् ।
कार्यक्रममा शेयर सदस्यहरुको बिमासम्बन्धि विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णुमाया लामा र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।












