मकवानपुर, १६ कात्तिक । हेटौँडा उपमहानगरपालिकाले संचालन गरेको व्यवसाय दर्ता शिविरमा ३ दिनमा १ सय ६ जना व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता गरेका छन् । उपमहानगरले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा हेटौंडा–१९ का उक्त व्यवसायीहरुले व्यवसाय दर्ता गरेका हुन् ।
सोमबार देखि बुधबारसम्म भएको दर्ता शिविरमा अन्य २२ वटा व्यवसायहरु पनि दर्ता प्रक्रियामा छन् । दर्ता भएका व्यवयायीलाई प्रमाणपत्र हस्तान्तरण पनि गरिसकिएको छ । उपमहानगरपालिका सबै वडामा तिन–तिन दिन शिविर सञ्चालन गर्ने तयारी रहेको राजश्व प्रशासन शाखाका प्रमुख श्यामकृष्ण श्रेष्ठले बताए ।












