मकवानपुर, १७ कात्तिक । मकवानपुरको बकैयामा मंगलबार भएको मिनिट्रक दुर्घटनामा घाइते भएका सहचालक दिनेश लामाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक बकैया गाउँपालिका वडा नम्बर–६ गबरस्थानका २८ वर्षीय लामाको गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको पुरानो मेडिकल भरतपुरमा ज्यान गएको हो । हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०७९२ नम्बरको मिनीट्रक आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा लामा र चालक बकैया गाउँपालिका वडा नं ७ हर्दा बस्ने २६ बर्षय युवराज सापकोटा घाइते भएका थिए । घाइते सापकोटाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।












