जाजरकोट, १८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको ज्यान गएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।
उनको बारेमा थप जानकारी आउन बाँकी छ । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।












