मकवानपुर, १९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा शनिबार एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ हेटौँडा र रोट्रयाक्ट क्लब अफ हेटौँडाको संयुक्त आयोजनामा शिविर भएको हो । रोटरी कम्युनिटी कप्र्स आरसिसिको स्थानिय समन्वय र मनहरी ३ हाँडीखोला वडा कार्यालयको संयोजनमा शिविर संचालन भएको थियो ।
शिविरमा बालबालिकादेखि ८५ वर्षसम्मका बृद्धबृद्धाहरु सहित १८५ जना स्थानिय बासिन्दाहरुले दन्त परिक्षण गराएका थिए । बिरामीको आवश्यकता अनुसार निःशुल्क औँषधि पनि वितरण गरिएको थियो ।
एभरेष्ट डेन्टल क्लिनिक र पुजा दाँत घरको प्राविधिक सहयोग र डाक्टर मनोज कुमार उपाध्यायको नेतृत्वमा ५ जना दन्त चिकित्सकहरुले दन्त परिक्षण गरेका थिए ।












