मकवानपुर, १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् ।

खैरो हेरोईन् जस्तो देखिने पदार्थ ८ ग्रामसहित चितवन भरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय विशाल दराई र सोही महानगरपालिका–९ बस्ने २३ वर्षीय अमृत दुरालाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०३–००१ ख १७२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।